रुपेन्द्र पटेल
बृन्दावन, २१ असोज ।
रौतहटको श्री नेपाल उच्च मावि विद्यालय बिश्रामपुरमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—२ मा रहेको सो विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा ल्याएको सो विद्यालयका सह प्रधानाध्यापक राम एकवाल पटेलले बताएका छन् ।
स्मार्ट कक्षा सञ्चालन भएसंगै सो विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढेको उनले बताए । विद्यालयमा कम्यूटरको माध्यमबाट प्रोजेक्टर मार्फत विषयवस्तु अध्यापन गर्ने प्रविधि स्मार्ट कक्षा सञ्चालन भएकोले विद्यार्थीहरू चकचक गर्न, साथीभाइसंग खेल्न घुम्न भन्दा पनि स्मार्ट कक्षाकोठा भित्र शान्तसंग बसेर अध्ययन गर्न उत्साहित हुने गरेका छन् । नया“ प्रविधिको प्रयोगबाट पठनपाठन सुरु भएपछि आफुहरुलाई पनि अध्ययन अध्यापनमा सहज भएको नेपाल उच्च माविमा कक्षा ८ मा अध्ययनरत छात्र राजेश पटेलले बताए । उनले भने, अरू विषय भन्दा अग्रेजी र विज्ञान विषयमा बढी सजिलो भएको छ किनभने अग्रेजीमा उच्चारण गर्न गाह्रो हुन्थ्यो तर, सही उच्चारण सुने पछि अब सही उच्चारण गर्न सिकीरहेका छौं । अनि विज्ञानमा प्रयोगात्मक विधि बढी हुने भएकोले शिक्षक नभए पनि सहजै रूपमा भिडीयो हेरेर आफैं पनि गर्न सकिने हुन्छ उनी मात्र होइनन् सोही कक्षामा अध्ययनरत अर्की छात्रा करिना पटेलले पनि रमाइलो पनि हुने सहज रूपमा सिक्न पनि सकिने बताउछिन् । स्मार्ट कक्षा सञ्चालन हुंदा विद्यार्थीहरू उत्साहित भएर कक्षाकोठा भित्र बस्ने गरेका छन् । नेपाल उच्च मावि विद्यालयमा स्मार्ट कक्षा सञ्चालन हु“दा विद्यार्थीहरू कोठा छोड्न मान्दैनन् उत्सुकताका साथै शान्त भएर बस्ने गरेको सो विद्यालयका प्रधानाध्यापक प्रेम लाल पटेलले बताएका छन् । शिक्षक अभाव, सामाग्रीको अभाव र पढाइलाई प्रभावकारी बनाउन सहयोग समेत पुग्ने गरेको उनले बताउछन् ।


स्मार्ट कक्षा सञ्चालनले गर्दा सिकाइका क्रममा शिक्षकलाई विषयवस्तु श्रव्य–दृश्यका माध्यममा प्रस्तुत गर्न सहयोग पु¥याउनुका साथै विद्यार्थीहरूलाई सिक्न पनि सहज हुने गरेको नेपाल उच्च माविका शिक्षक राम अधार पटेको बुझाई रहेको छ । उनले भने यो एउटा प्रविधिबाट शिक्षण गरिने कार्य हुंदा विद्यार्थीहरू तल्लो तहदेखि नै प्रविधिसंग परिचित हुने अवसर पनि रहेको उनले सुनाए । यता स्मार्ट कक्षा सञ्चालनको लागि विद्यालयमा शिक्षको समेत अभाव रहेको विद्यालयका सह प्रधानाध्यापक राम एकवाल पटेलको भनाई रहेको छ । स्मार्ट कक्षा सञ्चालन त गरियो तर त्यसका लागी क्म्पयूट जाने शिक्षक राखियो भने पढाई अझ प्रभावकारी हुन्थ्यो उनको कथन रहेको छ । स्मार्ट कक्षा सञ्चालनको लागि विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरी सफ्टवेयर मार्फत कक्षा १ देखि कक्षा १२ सम्मको अंज्रेजि, नेपाली, विज्ञान र गणित विषयको सम्पूर्ण पाठ्यक्रम अंज्रेजि र नेपाली दुवै भाषामा राखिएको छ । सोही कम्यूटरमा भएको विषय बस्तुलाई सम्बन्धित विषय शिक्षकले अध्यापन गराउने गर्दछन् ।
स्मार्ट कक्षा सञ्चालन प्रविधि रोतहटकोे लागि नौलो अभ्यास हो । तर यो प्रविधि रौतहटका केही विद्यालयहरूमा मात्र लागू भए पनि यो विधि प्रभावकारी हुन सक्ने हुदा स्थानीय निकायहरूले पनि आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरूमा लागू गर्न सके जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने शिक्षा क्षेत्रका जानकारहरू बताउ“छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here