चन्द्रनिगाहपुर,२३ असोज । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भीक समिति चन्द्रनिगाहपुरले नगर सरसफाई कार्यक्रम थालेको छ । आज बिहान समितिका पदाधिकारीको संलग्नतामा चन्द्रनिगाहपुर स्थित मुख्य चोकको तीक कुने पार्क सफाई गरिएको थियो ।
विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा नगर सरसफाई कार्यक्रम थालिएको युवा परिषदका केन्द्रीय सदस्य शंकर अधिकारीले जानकारी दिए । समितिले कृष्ण प्रणामी मन्दिर ,सरकारी अस्पताल समेत सरसफाई गर्ने कार्यक्रम रहेको छ । चन्द्रनिगाहपुरको मुटुका रुपमा रहेको तीन कुने पार्क सफाईमा नगरपालिकाले चासो नदिएका बेला श्रीकृष्ण प्रणामी युवा परिषदले सफाई गरेको हो ।