रुपेन्द्र पटेल
चन्द्रपुर, २४ असोज ।
रौतहटका ए.एन. प्लाजा होटेल साहुले गरिब विपन्न तथा सडकमा रहेका मानिसहरुलाई खोजि खोजि खाजा खुवाउन थालेको छ । चन्द्रनिगाहपुरमा रहेको होटेल ए.एन प्लाजाका सञ्चालकहरुले दशैंको पावन अवसरमा निःशुल्क क्यानटिन सञ्चालनमा ल्याएको हो । चाडबाँडको समय कोही भोकै बस्न नपरो भन्ने उदेश्यका साथ सो होटेलका सञ्चालकहरुले यस्तो कार्यक्रम ल्याएको होटेल सञ्चालक अरबिन्द चौधरीको भनाई रहेको छ । चाडबाँडको समयमा व्यावसायीहरु ग्राहकको भिड बढपछि आफ्नो काम र व्यावसायिमा लागेको हुँदा मागेर खानेलाई भोकै बस्नु पर्ने बाध्यता हुन्छ त्यसैलाई मध्येनजर गर्दै हामीले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको होटेल ए.एन प्लाजाका अर्का सञ्चालक नरेन्द्र यादव बताउँछन् । दुबै साहुले चन्द्रनिगाहपुरमा रहेको मजदुर तथा सडकमा रहेका मानिसलाई खोजि खोजि पिजा,बर्गर, मृन्डा जुस लगाएतका खाजा खुवाइ रहेको छ । यो कार्यक्रम दशैंभरी नै सञ्चालनमा रहने सञ्चालक अरबिन्द चौधरीले बताएका छन् । होटेल क्षेत्रमा छुट्टै पहिचान बनाएका होटेल ए.एन प्लाजाले यस्ता कार्यक्रम सञ्चालमा ल्याएपछि चन्द्रनिगाहपुरमा चर्चा समेत बढन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here