चन्द्रनिगाहपुर,२५ असोज । नेपालीहरुको महान चाड दसैको मुखमा जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा चोरीका घटना बढदै जान थालेको छ । सनिबार राती जुडिबेला जाने बाटोको चौतारामा रहेको चापाकलनै चोरी भएको स्थानीय बासिन्दा दलमान बम्जनले बताए ।
धारा मात्र नभएर नगरका बिभिन्न स्थानमा चोरीका घटना बढ्दै जान थालेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज घिमिरेले दसैका बेला चोरीका घटना नहोस भन्नका लागि प्रहरी गस्ति तिब्र पारिएको जानकारी दिएकाछन् ।
चाडबाडका बेला चोरीका घटना बढ्ने गरेको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकामा मात्र नभएर पछिल्लो समय जिल्लाभरीनै चोरीका घटना बढेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here