चन्द्रपुर, २५ असोज । जन ज्योती माविमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ । मुख्यमन्त्री बेटि पढाऊ, बेटि बचाउ अभियान अन्र्तगत सोमवार रौतहटको चन्द्रपुर ६ मा रहेको जन ज्योती माविमा अध्ययनरत छात्राहरुलाइ साइकल वितरण गरीएको हो । प्रदेश नं—२ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा कक्षा ८ मा अध्यनरत छात्राहरुलाई प्रदेश सांसद धनलाल ठोकरले साइकल वितरण गरेका छन । जनज्योति मावि चन्द्रपुरका बिद्याालय व्यवस्थापन समितीका अध्यक्ष देवराज कार्कीको अध्यक्षता तथा प्रदेश नं— २ का सांसद ठोकरको प्रमुख आतिथ्यमा साइकल बितरण गरीएको बिद्यालयका प्रशासन शाखाले जनाएको छ । २०७७ मा कक्षा ८ उतिर्ण गरि हाल कक्षा ९ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाइ साइकल बितरण गरिएको विद्यालयका शिक्षक पञ्चरत्न शाक्यले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here