जनकपुर, २५ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएको छ । जनकपुरमा जारी मधेश प्रदेश समितिको समायोजन बैठकबाट अध्यक्षमा यादवलाई चयन गरिएको हो । यसअघि यादवले पदबाट राजीनामा दिएका थिए । बैठकले १५१ सदस्यीय समिति समेत छनोट गरिएको जसपा मधेश प्रदेश समितिले जनाएको छ । प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् ।
जसपामा एक व्यक्ति एक पदको अवधारणा लागू गरेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका यादवलाई प्रदेश अध्यक्षबाट राजीनामा दिन पार्टी नेतृत्वले दबाब दिँदै आएको थियो ।
यादवले राजीनामा दिएपछि प्रदेश अध्यक्षमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बाल किशोर यादव, ज्ञानेन्द्र कुमार यादव, राजकिशोर यादव, शैलेन्द्र शाहलगायतका आकांक्षी देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here