चन्द्रपुर,२५ असोज । चन्द्रनिगाहपुरमा रहेको मुनलाईट एजुकेशन फउण्डेसनले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका कर्मचारीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै दसैंको शुभकामना दिइएको थियो । विद्यालयका प्रिन्सिपल श्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बिनोद घिमिरेले प्रमुख अतिथिको आशनबाट बोल्दै विद्यालयले अझै राम्रो र गुणस्तरिय शिक्षामा जोड दिएको बताए । सो कार्यक्रममा संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिभु पोख्रेल ,संचारकर्मी सुब्बा कार्की,रमेश तिमलसिना,सागर हुमगाई लगाएको सहभागिता रहेको थियो । चन्द्रनिगाहपुरमा रहेको मुनलाईट बोडिङ स्कुलले आफ्ना कर्मचारीको मनोबल उच्च राख्नका लागि बिभिन्न खाले कार्यक्रमहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here