चन्द्रपुर, २५ असोज । पछिल्लो समय चर्चामा रहेको मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ का संयोजकलाई उत्कृष्ट कार्य गरे बापत केन्द्रिय कार्य समितिले पुरस्कृत गरेको छ । मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनालाई उत्कृष्ट कार्य गरे बापतमा केन्द्रिय कार्य समितिले पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा राम्रो कार्य गरेको प्रदेश संयोजक पाठक लाइ प्रदेशको उत्कृस्ट घोषणा गर्दै नगद १० हजार रुपैयाबाट पुरस्कृत गरिएको हो । मेची महाकाली बुहारी संयुक्त आवाज केन्द्रिय कार्य समितिको असोज १९ गते बसेको बैठकबाट उत्कृष्ट कार्य गर्न सफल भएको रौतहट जिल्ला शाखालाइ सेवा मुलक कार्यको लागि नगद १० जहर रुपैया प्रदान गरिने निर्णय भएको अनुसार सो पुरस्कार प्रदान गरिएको केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिईन् । प्रदेश अन्तर्गतका बारा जिल्ला शाखा र सर्लाही जिल्ला शाखालाई पनि पुरस्कार प्रदान गरिएको हो । गएको आर्थिक वर्ष २०७७÷०७८ मा रौतहट शाखाले महिला हिंसाको ११५ वटा उजुरीहरुलाई छानविन गरि पिडित लाइ न्याय दिलाउन सफल भएको प्रदेश २ संयोजक तिमिल्सिनाले जानकारी गराईन् । महिला तथा बाल बालिका माथि हुने विभिन्न हिंसाको विरुद्धमा कार्य गर्दै आएका मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्नो लक्ष्य हासिल गर्न इमान्दारिता पुर्वक महिला अधिकारको लागि कार्य गर्दै आएको उनी बताउँछिन् । महिला माथि हुने घरेलु हिंसाको पिडितहरुको बढी सस्थामा उजुरी परेको र छलफलको मध्यमबाट समाधान गरिएको उनले जनाइन् । काम गर्न विभिन्न किसिमको समस्या झेल्नु परेको बताए । महिला तथा बाल बालिका माथि हुने हिंसा प्रति राज्य पक्षले बढी जिम्मेवार हुनु पर्नेमा सरकारका अंगले नै उत्सुकता पुर्वक गम्भीर नदेखिएको गुनासो गरे । समाजिक कार्य गर्दा विभिन्न किसिमका आरोप प्रत्यारोपको सामना गर्नु परेको सुनाउदै प्रदेश संयोजक तिमिल्सिनाले महिला तथा बाल बालिका माथि हुने आर्थिक ,सामाजिक , लैंगिक , विभेद लाइ अन्त्य गर्न कानुन कार्यन्वयन पक्ष बलियो हुनु पर्ने धर्ना राखे । घरेलु हिंसाका शिकार भएका महिलाहरुलाई न्याय पाउने गार्हो भएको अनुभव गरेको बताए । उनले भने सवै भन्दा बढी घरेलु हिंसामा माहिलाहरु पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here