काठमाण्डौं, २५ असोज । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेको गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् । आज बिहान डोलेश्वर महादेव मन्दिरमा गएर विवाह गरेका हुन् । परिवारको उपस्थितिमा गजुरेलले सिन्दुर हालेका हुन् । विवाहपछि सपरिवार कौशलटारमा रहेको मानव सेवा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाएका थिए । दोस्रो विवाह गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले केही समयअगाडि नै आफु अर्को विवाह गर्न लागेको खुलासा गरेका थिए ।पोखरेलसँग चिनजान हुँदै उक्त सम्बन्ध विवाहमा परिणत हुन पुगेको गजुरेलले बताएका छन् । विवाहपछि एक अर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लेखेका छन्, ’अगाडि आइपर्ने सुःख÷दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here