महोत्तरी, २८ असोज । महोत्तरीमा घरमै सुतिरहेको ओछ्यानमा एक महिलाको हत्या भएको छ । जिल्लामा चोरी गर्न हिँडेको अज्ञात समूहले एक महिलाको हत्या गरेको हो ।
जिल्लाको महोत्तरी गाउँपालिका–३ मा पर्ने डाम्हि मडई गाउँमा बुधबार राति चोरी गर्न पुगेका केही अज्ञात व्यक्तिले स्वर्गीय लालकिशोर झाकी ४२ बर्षीया पत्नी शिलादेवी झामाथि हथौडा प्रहार गरेर हत्या गरेको हो ।
झामाथि राति करिव १÷२ बजेको समयमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । शिलाको शव मृत अवस्थामा ओछयानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here