सिरहा, ३० असोज । सिरहामा शुक्रबार साँझ झिझिया हेर्न गएका एक युवकको शव इनारमा फेला परेको छ ।
गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शव नरहा गाउँपालिका ३ स्थित इनारमा शनिबार बिहान फेला परेको हो ।
शनिबार बिहान स्थानीयले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थल पुगेर युवकको शव निकालेर मुचुल्का गरी पोस्टमार्टमको लागि सिरहा अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मृतक युवक शुक्रबार राति नरहामै आयोजित झिझिया नाच हेर्न गएका थिए । त्यहाँ केहि युवकबीच झगडा भएको थियो ।
बिहान उनको शव इनारमा फेला परेको हो । युवकको हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here