अशोक पहाडी
रौतहट,१ कार्तिक । राजमार्ग अतिक्रमण गरेर राखिएका पसल हटाउने अभियान सुरु भएको छ । चन्द्रपुर नगरपालिका वडानं ४ को मुख्य चोकमै राजमार्ग अतिक्रमण गरेर राखिएका पसल हटाउन अभियान सोमबार बाट सुरु भएको हो । राजमार्ग अतिक्रमण गरेर राखिएका ठेला तथा फलफुल पसलका कारण सवारी दुर्घटनाको खतरा बढेकोले हटाउने अभियान थालिएको हो । चन्द्रपुर नगरपालिका वडानं ४ का वडा अध्यक्ष अमर बहादुर आले ,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने ,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञान बहादुर माझि सहितको टोली अतिक्रमण हटाउन खटेको थियो । राजमार्गमा च्यापेर पसल नराख्न पटक पटक चेतावनी दिदा समेत अटेर गरेपछि सुरक्षाकर्मीको टोलीले फुटपाथ हटाउने अभियान थालेको हो ।