काठमाण्डौं, ३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्ने बताएका छन्। प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ। एमालेले ढाल्दिउँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढालिदिन्छौँ। लोभी पापीहरु छन, दिए भइगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र। दिए सिद्धिने कुरा छ त्यहाँ। अरुले भन्दा हामी दिन सक्छौं नि। अरुले पाँच बिलो लगाउनु पर्छ। हामीलाई त के छ र सिंगै आफू हो।’ 

ओलीले थपे, ‘प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै। हामी त त्यो गर्न सक्छौं नि। अरुले त्यो गर्न सक्छ? कांग्रेसले माधवलाई चालिस प्रतिशत देओस त? प्रचण्डलाई देओस् त ४० प्रतिशत। सक्दैन। तर हाम्रो अभिष्ट चाँही सरकार बनाउने होईन। हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौं। हामी सरकार बनाउने कुरा गरिराखेका छौं। देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौं।’

ad

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here