रौतहट,३ कार्तिक । रौतहटका किसानले लगाएको धानबाली लगातारको बर्षाले नष्ट भएको छ । काटेर खेतमै राखेको धान बर्षाले नष्ट गरेको हो । नकाटेको धान समेत हुरीले खेतमै ढालेको छ । नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरी सरकारले किसानलाई तत्काल राहतको व्यावस्था गर्नु पर्ने बताएका छन । रौतहट क्षेत्र नं ४ का संघिय सासद देवीप्रसाद तिमल्सिनाले पनि रौतहटका किसान माथि आई परेको बिपतका बेला सरकारले चासो दिनु पर्ने र आफुले यो कुरा सम्बन्धि ठाउमा पुर्याउने बताए । लगातारको बर्षाले रौतहटको धानबालीमा ठूलो नोक्सानी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here