चन्द्रपुर,४ कार्तिक ।
लगातारको वर्षाका कारण तराईका जिल्लामा कृषि क्षेत्रमा करोडौंको क्षति पु¥याएको छ । रौतहटका किसानले लगाएको धानबाली लगातारको बर्षाले नष्ट भएको हो । काटेर खेतमै राखेको धान बर्षाले नष्ट गरेका छन् । नकाटेको धान समेत हुरीले खेतमै ढालेको छ । वर्षाका कारण किसालाई ठुलो क्षती भएपछि यहाका राजनितिकर्मीहरुले चासो देखाउन थालेका छन् ।
नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरी आफनो समाजिक सञ्जाल फेसबुक मार्फत सरकारले किसानलाई तत्काल राहतको व्यावस्था गर्नु पर्ने बताएका छन ।
यस्तै रौतहट क्षेत्र नं ४ का संघिय सासद देवीप्रसाद तिमल्सिनाले पनि आफ्नो फेसबुकमा रौतहटका किसान माथि आई परेको बिपतका बेला सरकारले चासो दिनु पर्ने र आफुले यो कुरा सम्बन्धि ठाउ“मा पु¥याउने बताए । यसैबीच, रौतहटका चर्चित नेता तथा पुर्व मन्त्री प्रभु साहले बेमौसमी वर्षा तथा हावाहुरीका कारण देशैभरका किसानहरुका बालीनाली क्षति भएको भन्दै किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साहले सामाजिक संजाल फेसबुकमा पीडित किसानलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसंग माग गरेका हुन् ।
लगातारको बर्षाले रौतहटको धानबालीमा ठूलो नोक्सानी भएको छ । कृषि ज्ञान केन्द्र रौतहटमा जिल्लाका स्थानिय तहले एकिन विवरण न पठाउ“दा क्षेती एकिन गर्न नसकेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएका छन् ।
स्थानिय तहले किसानको भएको क्षती विवरण संकलन गर्नुपर्ने छ, तर, संकलन गरेको विवरण जिल्लाका कुनै स्थानिय तहले पठाउ“दा क्षती एकिन गर्न नसकेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएका हुन् । लगातार भएको वर्षाका कारण किसानको भएको क्षतीका विवरण कुनै पनि स्थानिय तहले संकलन नगरेको स्थानिय जानकारहरुको भनाई रहेको छ । वर्षाले जिल्लाको कतिपय स्थानमा काटेको धान भित्र्याउन सकिएको छैन ।
काटेको धान डुबानमा समेत परेको बृन्दावन १ बैराठपुरका किसान विनोद यादवले बताए ।
लगातार आएको वर्षाका कारण काटेको र लडेको धान कुहिने किसानको चिन्ता बढेको छ । वर्षाले अहिले नै पाकेर काट्न थालिएका मोटाबिजी प्रजातिको धानबालीमा ठुलो क्षति भएको किसानहरुको भनाई रहेको छ ।
जिल्लामा कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ, जसमध्ये झण्डै ४९ हजार हेक्टर जग्गामा धानखेती गर्ने गरिन्छ । अन्य खेतीयोग्य जग्गाहरुमा सिंचाइ तथा विभिन्न समस्याका कारण धान उत्पादन हुने गरेका छैनन् । यस वर्ष समयमा मलखाद्य नपाएका कारण र धान भित्र्याउन बेलामा परेको वर्षाका कारण ४९ हजार हेक्टर जग्गामा लगाएका धान खेती उत्पादनमा कमी आउने किसानको चिन्ता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here