जनकपुर, ५ कार्तिक । जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहामथि अनमावीय व्यवहार गर्ने जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूविरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार १७ जना नेताकार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको हो ।
पक्राउ पर्नेहरुमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here