गौर, ५ कार्तिक । रौतहट प्रहरीले भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो करिब १ बजेको समयमान सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्ररही टोलीले रु. १ लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको बताएका छन् । रौतहटको ईशनाथ नगरपालिका वडा नं—१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने विश्वनाथ साह कानुको छोरा अन्दाजि वर्ष २२ को सुशिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन् । साहले बोकेको झोला चेकजाँच गर्दा एक लाख असी हजार भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएका हुन् । बरामद भएको रुपैयाँ सहित साहलाई शुक्रबार थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।