चन्द्रपुर,५ कार्तिक । लगातारको वर्षाका कारण तराईका जिल्लामा कृषि क्षेत्रमा करोडौंको क्षति पु¥याएको छ । रौतहटका किसानले लगाएको धानबाली लगातारको बर्षाले नष्ट भएको हो । काटेर खेतमै राखेको धान बर्षाले नष्ट गरेका छन् । रौतहट जिल्लामा ५ हजार ६० हेक्टर जमिनमा लगाएको धान बाली पानीले नष्ट भएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख राजनारायण यादवले जानकारी दिए । जिल्लाका किसानले लगाएको ३५ सय ६० हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीले झारेर कामै नलाग्ने अवस्थामा पुगेको यादवले जानकारी दिए । जिल्लामा ३५ हजार ७ सय ५० हेक्टर जमिनमा यसपाली धान खेती गरिएको थियो । जिल्लाको उत्तरी भेगमा पनीले सबैभन्दा धेरै धानखेतीमा क्षती पु¥याएको थियो । नकाटेको धान समेत हुरीले खेतमै ढालेको छ । वर्षाका कारण किसालाई ठुलो क्षती भएपछि यहाँका राजनितिकर्मीहरुले चासो देखाउन थालेका छन् । वर्षाले अहिले नै पाकेर काट्न थालिएका भदैया प्रजातिको धानबालीमा ठुलो क्षति भएको किसानहरुको भनाई रहेको छ । धान रोप्ने बेलामा मलद्याल नपाएका किसानले ,धान रोपेपछि पानी नपरेपछि बोरिङबाट पानी पटाएका थिए । धान पाकेर भित्राउने बेलामा आकाशे पानीले सत्यानास पारेको चन्द्रपुर ८ का किसान होमनाथ चौलागाईले बताए ।