रौतहट,७ कार्तिक । जनता समाजवादी पार्कीका अध्यक्ष उपेन्द्र यादवले संघियता नाम मात्रको भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताएकाछन् । रौतहटको सदरमुकाम गौरमा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संघिय निजामती एन पारित गराएर त्यसलाई कार्यन्वयन गराउने तर्फ आफुहरु लागेको बताएकाछन् ।
संसदमा अडकिएको नागकिरता एैन लगाएतका विद्ययक पारित गराउनलाई नेकपा एमालेले बाधा अडचन गरेको आरोप लगाए । एमालले संसद अवरुद्ध गरेका कारण बिद्ययकहरु संसदबाट पारित हुन नसकेको यादवको भनाइ रहेको छ ।
तराई मधेसका राष्ट्रिय गौरवका आयोजना हुलाकी सडक ,रेलको काम छिटो सम्पन्न गराउन सरकार लागि परेको यादवले बताए । उनले बेमौसमी बर्षाका कारण मारमा परेका तराई मधेसका किसानलाई सरकारले तत्काल राहतको व्यावस्था गर्नुपर्नेमा यादवले जोड दिएका थिए ।
यो सरकारले हरेक नागरिकलाई कोरोनाको भ्याक्सीन उपलब्ध गराउनका लागि परेको बताए । उनलाई तराईका जिल्लाका सरकारी कार्यालयमा हुने भ्रष्टचार नियन्त्रणका लागि समेत सरकार गम्भिर भएर लागेको बताए ।