चन्द्रनिगाहपुर,८ कार्तिक । रौतहट जिल्लाकै सुगम र सहरका रुपमा रहेको चन्द्रपुर नगरपालिकाको फोहोर दसैं पछि उठन सकेको छैन् । फोहोर नउठेका कारण बटुवाले नाक मुख थुनेर हिडनुपर्ने अवस्था आएको स्थानीयले बताएकाछन् । सडकको पेटीमा यत्रतत्र रहेको फोहोरले समस्या भएको स्थानीय व्यापारी दलमान बम्जनले बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले आफुले फोहोर उठाउन ठेकेदारलाई निर्दैशन दिएको बताए ।
चन्द्रपुर ४ को मुख्य चोकनै फोहोरका कारण दुर्गन्धित हुदा समेत जनप्रतिनिधिले फोहोर उठाउन चासो नदिएको रिक्सा चालक केदार तिमलसिनाले गुनासो गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here