चन्द्रपुर,८ कार्तिक ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटको अधिवेसनको तयारी पुरा भएको नेकपा एमाले चन्द्रपुरका सचिव राजेन्द्र तिवारले बताएकाछन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको अधिवेसन भोली हुने छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको अधिवेसन भव्य रुपमा सम्पन्न गर्नका लागि आईतबार नगर कमिटिको बैठक नेकपा एमालेको चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । नेकपा एमाले रौतहटका अध्यक्ष तलसीराज गिरीको प्रमुख आतिथ्यतामा भएको बैठकले नगर अधिवेसन चन्द्रनिगाहपुर स्थित अशोका होटलमा गर्ने निर्णय गरेको छ । नगर अधिवेसनको प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पुर्व मन्त्री पुरुशोत्तम पौडेल रहने नगर सचिव तिवारीले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
बैठकले वडाको जिम्मेवारी समेत बांडफाड गर्नुका साथै ८ वटै वडाका निर्वाचित पदाधिकारीसंग परिचयात्मक कार्यक्रम समेत भएको थियो ।