चन्द्रपुर,८ कार्तिक ।
चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष पासपत चौधरी एकिकृत समाजवादी छाडेर फेरी एमालेमा आएकाछन् ।
उनले निर्वाचन आयोगले दिएको पार्टी छान्ने समय सिमामा जिल्ला निर्वाचन कार्यालय गौरमा गएर एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । आईतबार नेकपा एमाले चन्द्रपुर नगर कमिटिको चन्द्रनिगाहपुर स्थित बैठकमा भाषण गर्दे चौधरीले आफु एमालेमै रहेको बताएकाछन् ।
यस भन्दा पहिला चन्द्रनिगाहपुर स्थित गौतम होटलमा प्रभु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले मन्ञमै आफु माधव नेपाल पक्षमा नरहेको र ओली समुहमा रहेको भन्दै आसन ग्रहण गरेका थिए । त्यस पछि उनी एकिकृत समाजवादीमा सक्रिय रहेका थिए । पछिल्लो पटक चन्द्रपुर ८ मा नेकपा एमालेको पल्ला भारी देखेपछि फेरी वडा अध्यक्षको टिकट पाउने आशमा उनी एमालेमा फर्केको चन्द्रपुर ८का एकजना एमाले कार्यकर्ताले तराई एक्सप्रेसलाई बताए । हिजो आईतबार चन्द्रनिगाहपुर स्थित एमाले पार्टी कार्यालयमा आफु एमालेमै रहेको जनाउ दिन आएका चौधरीले नगरमै सबैभन्दा धेरै विकास चन्द्रपुर ८ मा भएको ठोकुवा गरेका थिए ।
स्मरण रहोस धेरै कमीसन आउने आशमा वडा अध्यक्ष पासपत चौधरीले वडाका अधिकांस स्थानमा विकासको नाममा ग्रेवल छर्ने बाहेकको कुनै काम नगरेको स्थानीयको भनाइ रहेको छ ।
वडा अध्यक्ष चौधरीले गत आर्थिक बर्षको बजेटमा २२ लाखको ग्रेवल गरेको भन्दै उपभोक्ता समिति मार्फत नगरपालिकामा कामै नगरी बिल पेश गरेपछि अनुगमन समितिले भुक्तानी दिन नमाने पछि नातामा सम्धीपर्ने मेयर रामचन्द्र चौधरीसंग हारगुहार गरेर पछि उनी भुक्तानी लिन सफल भएका थिए । २२ लाखको ग्रेवलमा १२ लाखको समेत काम नभएपछि अनुगमन समितिले भुक्तानीका लागि सिफरिस दिएको थिएन् । तर पनि चौधरीले आफु विकास प्रेमी रहेको भन्दै भाषण दिएका थिए । उनी एमालेकै पल्ला भारी देखेर फेरी एमालेमा वडा अध्यक्षका लागि फर्केको सबैले अनुमान गरेकाछन् । २०७८ कार्तिक ८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here