चन्द्रपुर, ९ कार्तिक । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य तथा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एकीकृत समाजवादी पार्टी भनेको मन्त्री खान गएको एक झुन्ड भएको बताएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेता पौडेलले जनता संग जोडिएको ,गरिव तथा निमुखा संग जोडिएको पार्टी एमालेनै भएको पौडेलको भनाइ रहेको थियो ।
अप्ठ्यारोमा नेकपा एमाले नभएर यतीबेला एकीकृत समाजवादी पार्टी आफै भंडखालोमा परेको बताए । सिद्धान्त र बिधिको कुरा गर्ने माधव नेपालने आफ्ना मान्छे लाई मन्त्री बनाउनकै लागि एमालेबाट चाईटएर गएको आरोप लगाए ।
नेकपा एमालेमै बसेर ,एमालेकै सांसद भएर काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउनेहरू कदापि कम्युनिस्ट हुनै नसक्ने पौडेलको भनाई रहेको थियो । ४० प्रतिशत को अध्यादेशलाई २० प्रतिशतमा झारेर मन्त्री खानकै लागि र पदका लागि माधव नेपालले पार्टी चोईट्याएको पौडेलको तर्क थियो । पार्टीमै बसेर अन्तर्र संघर्ष गर्नु पर्नेमा माधव नेपालले पार्टी दर्ता गर्न गएकै दिनबाट आफुले नेपाल समूह छाडेको पौडेलको भनाई रहेको थियोे ।
नेकपा पार्टी प्रचण्ड र माधव नेपालकै कारण फुटेको उनको भनाई रहेको थियो ।नेपाली काग्रेसको आतंक ,माओवादी र एकीकृत समाजवादीको गलत कुरालाई चिर्न सक्ने एक मात्रै पार्टी एमाले भएको बताउदै पौडेलले सत्य न्याय र समानताको लागि लडने एक मात्रै पार्टी एमाले भएको जिकिर गरे ।
माधव नेपालसंग निति ,सिद्धान्त हराए पछि पार्टी फुटाएर गएको बताए ।निति र सिद्धान्त नभएका कारण माधव नेपालले पार्टी फुटाएर पदका लागि सरकारमा गएको आरोप लगाए । अव आउने स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले चुनाव जित्नका लागि कसैको बैशाखी नचाहिने बताउदै ,काग्रेस ,माओवादी ,समाजवादी चुनाव जित्न लागि एक अर्काको बैशाखि खोज्ने भएका कारण कार्यकर्तालाई अझै शशक्त भएर लाग्न आग्रह गरे । सो कार्यक्रममा नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीले चन्द्रपुर नगर अधिवेशनमा आएको जनलहरले एमाले फुटेको नभएर अझै सशक्त भएको बताए । उनले रौतहटमा एमालेबाट केही मान्छे मात्रै गएको धेरै एमालेले मै रहेको बताए । अध्यक्ष गरिले समाजवादीमा सनाखत गरेका निर्वाचित जनप्रतिनिधिहरू धमाधम एमालेमै फर्कन थालेको बताउदै आउदो स्थानीय निर्वाचन सम्ममा भुलभुलैमा समाजवादीमा गएकाहरू एमालेमै फर्कने बताए ।
शिव आचार्यको अध्यक्षयतामा भएको उदघाटन समारोहमा प्रदेश सदस्य उदव रेग्मी ,अखिलेश्वर चौधरी ,खड्ग बहादुर तामाङ ,कृष्ण प्रसाद तिमल्सिना ,राजेन्द्र श्रेष्ठ ,राजु धामी ,सारदा हुमगाई ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष नौतन पोख्रेल , प्रमोद चौधरी लगाएका विभिन्न बत्ताहरुले बर्तमान राजनीतिक परिबेस र आगामी दिनमा नेकपा एमलेले खेल्नु पर्ने जनपक्षीय भुमिकाका बिषयमा जोड दिएका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here