महोत्तरी, १२ कार्तिक । नेपाली तथा भारतीय रुपैयाँका नक्कली नोट छाप्ने उपकरणसहित प्रहरीले महोत्तरीमा एक जना पक्राउ गरेको छ । प्रहरीका अनुसार नक्कली नोट छाप्ने उपकरणसहित गौशाला नगरपालिका ९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई नियन्त्रणमा लिइएको हो। उनलाई महोत्तरी प्रहरीले बिहीबार पक्राउ गरेको हो । गौशाला नगरपालिका ५ अन्तर्गत गौशाला बजारस्थित महावीर दासको घरमा डेरा लिई बसेका महतोका साथबाट नक्कली नोट विभिन्न दरका नेपाली तथा भारतीय नक्कली नोट र यो बनाउने उपकरण बरामद गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।