सर्लाही , १३ कार्तिक । सर्लाही, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेशको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताएका छ्न ।शनिवार सर्लाहीमा भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा(माओवदाी केन्द्र)का अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । मधेशको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउँदै मधेशवादी दलहरुसंग पार्टी एकता गरेको अगाडी बढ्ने विषयमा आफुले छलफल शुरु गरेको समेत अध्यक्ष प्रचण्डले बताएका छ्न । उनले पार्टी एकता गर्दा जसपाका नेताहरुलाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताए । उक्त एकता घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्र राय यादवलगायतका नेताहरुको नाम लिँदै सरकार निर्माणमा गठवन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिने बताएका छ्न । मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउँनु भयो । आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उनको भनाई छ । अहिलेको गठवन्धन सरकारले मधेसका नागरिकतासम्वन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मधेशले आफुलाई माया गरेको बताउँदै आफुले मधेशबाट पाउँने माया निरन्तर पाई राख्ने पनि दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here