गरुडा,१५ कार्तिक ।
ऋषि निर्माण सेवाले जथाभावी बालुवा उत्खनन गर्दा रौतहट स्थित लालबकैया नदिको २ वटा पुल भासिने जोखिम बढेको छ । कटहरिया नगरपालिका बाट नदिको ठेक्का लिएका उक्त निर्माण सेवाले जेसिबी प्रयोग गरेर जथाभावी बालुवा उत्खनन गर्दा कटहरिया र गर्जा घाट बकैया नदिको पुल भासिने जोखिम बढेको हो ।
अहिले एका बिहानै देखि जेसिबी प्रयोग गरेर ठेकदार ब्रहम नारायण यादवका मानिसहरु कटहरिया पुल देखि मात्र ५० मिटर दक्षिण र गर्जापुलको दुबै तर्फ मात्र १ सय मिटर टाढा बाट दैनिक सैयौं टिपर,ट्याक्टर बालुवा ढुवानी गरिरहेका छन । कुनै पनि भौतिक संरचना पक्की निर्माण भएको स्थान बाट कम्तीमा ५ सय मिटर टाढा बाट नदिजन्य पदार्थ निकाल्नुपर्ने कानुनी ब्यवस्था रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केशरीले बताए ।
तर कटहरिया र गुजरा नगरपालिकामा सबै जनप्रतिनिधि र नेताभनाउनेहरु मौन बसेको कारण ठेकदारले आफ्नो फाईदाको लागि झन्डै २० करोड रुपैयाको लागतमा निर्माण भएको दुबै पुललाई नासगर्ने खेलमा लागेको स्थानीयहरुले गुनासो गरेका छन । पुर्व मन्त्री प्रभु साहको पहलमा करिब १० करोडको लागतमा कटहरिया,गमहरिया घाट लालबकैया नदिमा केहि बर्ष अघि पुल निर्माण भएको थियो । त्यसैगरी रौतहट क्षेत्र ३ का तत्कालीन संघीय सांसद पुर्व मन्त्री गोविन्द चौधरीको पहलमा झन्डै ९ करोडको लागतमा केहि बर्ष अघि गर्जा घाट लालबकैया नदिमा पुल निर्माण भएको थियो । स्थानीय निर्वाचन पछि संबंधित जनप्रतिनिधिले आफ्नो पालिका भित्रको सार्वजनिक सम्पतिको रेखदेख गर्नुपर्ने देखिन्छ । कटहरिया र गुजरा नगरपालिकाका मेयर,उपमेयर, वडा अध्यक्ष,कार्यपालिका सदस्य सहितको सर्वसहमतिमा बर्षेणी लालबकैया नदिको टेण्डर गर्ने गर्दछन ।
ठेक्का पाएका ठेकदारले प्रत्येक बर्ष कटहरिया र गर्जा घाट लालबकैया पुल छेउ बाटनै बालुवा गिट्टी उठाउंदा पनि मात्र बजेट चलाउने जनप्रतिनिधिहरु मौन बसेका हुन्छन् ।
बर्तमान अवस्थामा कटहरिया,गर्जाघाट लालबकैया नदिको पुलको रेखदेख अथवा सुरक्षा संरक्षण कसले गरिदिने ठूलो प्रश्न उठेको छ ।
रौतहटका सिडियो कृष्ण बहादुर शाहिले उक्त दुबैपुलको रेखदेख गर्ने जिम्मा कटहरिया, गुजरा नगरपालिका र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भएपनी अबैध उत्खनन अबिलम्ब रोक्का गराउने प्रतिबद्धता जनाएका छन । २०७८ कार्तिक १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here