चन्द्रपुर,१५ कार्तिक ।
रौतहटको केही सामुदायीक वनमा अनियतिमा हुने गरेको गुनासो बड्दै जान थालेको छ । वनमा पछिल्लो समय काठ वितरणको नाममा समितिका टाठाबाठाको हाली मुहाली बढदै जान थालेको गुनासो स्थानीयले गरेका छन् । चन्द्रपुर १ मा रहेको जनसेवा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष र वन कर्मचारीको मिलेमतोमा उपभोक्ताले पाउनु पर्ने काठ बाहिरका मान्छेले पाएको भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको छ । चन्द्रपुर नगरपालिका वडा १ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समिति र सव भिभिजन वन कार्यालय बागमतीका कर्मचारीको मिलेमतोमा काठ वितरणमा अनियमितता भएको स्थानिय वासिन्दाले बताएका छन् । जनसेवा सामुदायिक वन उपभोक्ता समिति भित्र रहेका उपभोक्ताहरु लाई काठ नदिई पावर र कमिसन दिनेलाई मात्र काठ दिएको स्थानियले अरोप लगाएकाख हुन् । उपभोक्तामा काठ वितरण नगरी अनियमितता सैलिमा कमिसन दिनेलाई मात्र काठ वितरण गरेको भन्दै बागमती, मंगलपुर र पौराईका स्थानिय वासिन्दाहरुले विरोध समेत गर्न थालेका छन् ।
काठ वितरणमा अनियमितता भएको भन्दै अक्रोसित बन्दै स्थानियले आईतबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी समेत दिएका छन् । अनियमितता सैलिमा वितरण भएको काठ बारे आवश्यक छानविन गरि पाउँ भन्दै स्थानियले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएको डिभिजन वन कार्यालयका एकजना कर्मचारीले जानकारी दिएका छन् । यस्तै काठमा अनियमितता भएको भन्दै जनगुनासो बढेपछि चन्द्रनिगाहपुरका २ जना पत्रकाहरुले डिभिजन वन कार्यालय सँग सुचना माग गरेका छन् । हातेमालो सामुदायिक बन उपभोक्ता समुहमा अनियमितता भएको गुनासो बढेपछि सत्य तथ्य बुझनका लागी पत्रकार सुब्बा कार्की र सन्तोष काफ्लेले डिभिजन वन सँग सुचना मगेका हुन् । हातेमालो सामुदायिक बन उपभोक्ता समुहले डिभिजन बन् कार्यालयमा पेश गरेको आर्थिक वर्ष ०७६÷०७७ र ०७७÷०७८ को लेखापरीक्षण प्रतिबेदनको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरेका छन् ।
जनसेवा सामुदायिक वन उपभोक्ता समिति मात्र नभएर जिल्लाका अधिकांस सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई काठ नदिएर बाहिरका मान्छेलाई काठ बिक्रि बितरण गर्ने गरेको गुनासो बढेको छ । उपभोक्ताले काठ लिई सकेर उग्रेको काठ समति भन्दा बाहिरका मान्छेलाई बिक्रि बितरण गर्ने प्रवधान रहेको भएपनि रौतहटका सामुदायीक वनले सुचना समेत ननिकाली काठ बिक्रि तिरण गर्दे आएपछि स्थानीय उपभोक्ताले गुनासो गर्दै उजुरी दिन थालेका छन् । डिभिजन वन कार्यालय रौतहटका प्रखुख अमरदेव यादवले यस विषयमा आफुले बुझने बताएका छन् । २०७८ कार्तिक १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समचार ।

फाईल/फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here