अशोक पहाडी
रौतहट,१६ कार्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अदालतले केपी ओलीले गरेको संसद भंगको रिस पोख्न यतीबेला न्यायलय लथालिङ पार्न सक्रिय भएको आरोप लगाएकाछन् । सोमबार रौतहकटो चन्द्रनिगाहपुर भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहंदैमा अहिलेको अवस्था अर्लि ईलेक्सन हुन नसक्ने बताए ।
तीन तहको निर्वाचन एकै पटक हुन नसक्ने भन्दै नेपालले पहिला स्थानीय तहको निर्बाचन हुनुपर्नेमा जोड दिए ।
लुम्बीनी प्रदेश बाहेक अन्य प्रदेशमा आफ्नो पार्टीले केपी ओलीको पार्टीलाई धुलो चटाउने काम गरेको दावी गर्ने अध्यक्ष नेपालले अवको निर्वाचनमा सरकारमा सहभागि दलको गठबन्धनले गठबन्धन गरेरै निर्बाचनमा ओलीलाई धुलो चटाउने दावी गरे ।
अदालतमा भईरहेको बितण्डा ओलीले मच्चाएको बताउदै नेपालले सरकारमा सहभागि दलले यो समस्या हल गर्न चाडै लाग्ने बताए ।
केप ीओलीले विकासको नाममा हावा कुरा गरेर जनतामा भ्रमपैदा गरेको बताउदै अध्यक्ष नेपाले अव जनताले केप ीओलीका हावा कुरामा विस्वास नगर्ने बताए । उनले आउदो निर्वाचनमा आफु कुन क्षेत्रबाट चुनाव लडने भन्ने कुरा आफुले फाईनल नगरेको पनि बताएकाछन् । पार्टी बिभाजन पछि नेपाल पहिलो पटक गृह जिल्ला रौतहट आएका हुन् ।