कृष्ण तिवारी
रौतहट , १७ कार्तिक । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ , पतौरा स्थित भकुवा खोलामा निर्मित झोलुङ्गे पुल नगर प्रमुख रिना कुमारी साहले उद्घाटन गरेका छिन । पुलको लम्बाइ १०५ फिट चौडाई ४ फिट रहेको हो । २८ लाख ६० हजारमा पुल निर्माणबाट पतौराका सर्वसाधारणहरुलाई जुनसुकै समयमा आवतजावतमा कुनै समस्या नहुने नगरप्रमुख साहकी भनाइ रहेकी छिन । कृषि कर्मको लागि सुरक्षीत रूपमा भकुवा खोला ओहोरदोहोर गर्न सजिलो हुने ऊनी बताईन । पुलको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख गौरीशंकर जयसवाल, मौलापुर नगरपालिकाको प्रमुख प्रसाश्कीय अधिकृत रामबाबु साह, वडा अध्यक्ष वहिदार राउत कुर्मी, स्थानीय नेताहरू एवं जनसमुदायको उपस्थितिरहेको थियो ।