गरुडा,१७ कार्तिक । रौतहटका स्थानीय तहले माग्ने लाईसेन्सनै दिने गरेकाछन् । गाँउपालिका तथा नगरपालिकाको लेटर प्याडमै फलानाको श्रीमान,श्रीमती ,छोरा,छोरी बिमारी भएर अस्पतालमा भर्ना गरेको छ उपचारमा लागि रकम अभाव भएकाले यथा सक्य सहयोग गरिदिनुहोला भनेर लेखेर दिने गरेकाछन् ।
वडा अध्यक्षको हस्ताक्षर भएको पत्र बोकेर माग्न आउनेको संख्या धेरै भएको चन्द्रनिगाहपुरका स्थानीय व्यापारी दलमान बम्जनले तराई एक्सप्रेसलाई बताए ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका वडानं ८ ले आफ्नो लेटर प्याडमै सहयोग गरीदिनु होला भनेर माग्न पठाएको छ । यो त एक उदाहारण मात्रै हो रौतहट जिल्लाका अधिकांस स्थानीय तहले चन्दा माग्नका लागि लेटर प्याडमै लेखेर दिने गरेको त्यो मान्छे बर्षौसम्म त्यही देखाएर मागेर गुजारा चलाउदै आएको भन्दै बहिरी जिल्लाका मान्छेले सामाजिक संजालमा पोष्ट गर्दै आएकाछन् ।
स्थानयि तहको लेटर प्याड देखार मात्रै हैन पछिल्लो समय जिल्लामा छठको नाममा समेत भारतबाट आउने मगन्तेहरुले गौरका स्थानीय व्यापारी हैरान भएको उनीहरुको भनाइ रहेको छ ।
दिनमै दर्जनौ माग्ने पसलमा आउने गरेको गौरका स्थानीय व्यापारी पवन राउतले गुनासो गरे । गौरमा मात्र नभएर जिल्लाका अधिकांस ठुला बजार पर्वको नाममा माग्नेको संख्या हरेक बर्ष बढदै जान थालेको स्थानीय व्यापारीहरुको भनाइ रहेको छ ।
भारतको राजस्थानबाट आएका माग्नेहरुले बालबच्चा सहित पसल अगाडी धर्ना दिएर माग्ने गरेकाले समस्या भएको चन्द्रनिगाहपुरका पुस्तक व्यावसायी बिशालजित तामाङले गुनासो गरे । २०७८ कार्तिक १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।