चन्द्रपुर,१८ कार्तिक । एन्फा जिल्ला लिग फुटबलको उपाधी चन्द्रनिगाहपुरको गोर्खा स्पोर्टस क्लवले जितेको छ ।
फुटबल संघ रौतहटको आयोजनामा कार्तिक ८ गतेबाट भएको सो प्रतियोगिताको फाईनलमा नेपाल खेलकुद र गोर्खा स्पोर्टस क्लव बिच बुधबार सेरबहादुर दर्लामी स्मृती खेल मैदान चन्द्रनिगाहपुरमा भएको थियो । प्रतियोगिताको पहिलो हाफको ४० औं मिनेटमा पेनाल्टी प्रहार गर्दे गोर्खा स्पोर्टस क्लवका जर्सी नं ७ का खेलाडी बिपिन मगरले पहिलो गोल गरेका थिए ।
प्रतियोगिताको फाईनल खेलको दोस्रो हाफको ३६ औ मिनेटमा गोर्खा स्पोर्टस क्लवका जर्सी नं १२ का खेलाडी सम्योल सुनुवारले दोस्रो गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भएका थिए ।
फाईनल जित्न सफल गोर्खा स्पोर्टस क्लवले नगद ५० हजार सहित एन्फा लिग फुटबलको उपाधी उचाल्न सफल भएको थियो । दोस्रो हुने नेपाल खेलकुद क्लवले नगद २५ हजार प्राप्त गरेको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिए ।
विजयी खेलाडीहरुलाई रौतहट क्षेत्रनं ४ का सांसद देवप्रसाद तिमलसिना ,प्रदेशसभा सदस्य धनलाल ठोकर ,बृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही यादव,फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगाएतले पुरस्कार वितरण गरेको फुटबल संघ रौतहटका महासचिव मधुसुदन धितालले जानकारी दिए ।
समापन समारोहमा फुटबल संघका जिल्ला अध्यक्ष सुमन कार्की ,युवा व्यावसायी फिरोज श्रेष्ठ,अरुण लामा ,नेकपा एकिकृतका नगर अध्यक्ष बाबुराम दाहाल लगाएतको उपस्थिती रहेको थियो । २०७८ कार्तिक १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here