चन्द्रपुर,१८ कार्तिक ।
चन्द्रपुर नगरपालिका अगाडिको सडक सवारी चालकको लागि धराप बन्दै जान थालेको छ । असारमा गरेको पिच भत्केर बनेको खाल्डाखुल्डीमा दैनिक मोटरसाइकल दुर्घटना हुँदै आएको छ । बुधबार दिउँसो मात्रै नगरपालिका अगाडिको सो खाल्डाखुल्डीमा तीन वटा मोटर साईकल लडेको थियो ।
सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले सो स्थानमा रहेको खाल्डाखुल्डी भत्काएर पिच गर्न असार अगाडि साह निर्माण सेवालाई ठेक्का दिएको थियो । साह निर्माण सेवाले पानी परेका बेला गुणस्तरहिन काम गरेका कारण पिच बनेको एक महिना पनि बित्न नपाउदै सो स्थानको पिच भत्केर खाल्डाखुल्डी भएको थियो । सडक डिभिजन कार्यलाई चन्द्रनिगाहपुरका प्रमुखको मिलेमतोमा साह निर्माण सेवाले गुणस्तरीय काम नगरेका कारण कलोपत्रे उक्केर खाल्डाखुल्डी भएको स्थानीय बासिन्दाले तराई एक्सप्रेस लाई बताए । उत्त स्थानमा दैनिक दुई चार वटा मोटरसाइकल लडने गरेको स्थानीय बासिन्दा तथा नेपाली काग्रेसका युवा नेता नेरेश लामिछाने बताए ।
सो स्थानमा बिगत लामो समय देखि सडक पिच हुन नपाउदै भत्केर खाल्डाखुल्डी हुने रोग देखा पर्दा पनि सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका ईन्जिनियरले त्यसको दिर्घकालिन उपाय अवलम्बन गर्न नसकेको कारण समस्या उत्पन्न भएको रौतहट क्षेत्र नं ४ का संघिय सासद देवीप्रसाद तिमल्सिनाको भनाई रहेको छ । सो स्थानमा बाहिरबाट आउने मोटरसाइकल चालकले खाल्डाखुल्डीको बिषयमा थाहा नपाउदा खाल्डोमै पुगेर ब्रेक लगाउदा दुर्घटना हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
खाल्डाखुल्डीका कारण साना सवारी साधन कुन बेला पल्टने हो भन्ने ठेगान नभएको चन्द्रनिगाहपुरका ई रिक्सा चालक केदारप्रसाद तिमल्सिनाको भनाइ रहेको छ । सोही स्थानमा पटक पटक सडक बिग्रेको बिषयमा स्थानीय बासिन्दाले आन्दोलन समेत गरिसकेका छन ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको उत्त स्थानमा बन्न नपाउदै कालोपत्रे किन उक्कीन्छ भन्ने बिषयमा सडक डिभिजन कार्यलयले चासो नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
२०७८ कार्तिक १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here