df6fsf efF8fsf] Jofkf/ ltxf/ / 57 kj{ glhlsP;Fu} dxf]Q/Lsf ufpFgu/ a:tLsf ahf/df df6fsf efF8fsf] lsga]r x'Fb} . tl:a/ M wgjL/ dxtf], dxf]Q/L, /f;;

रुपेन्द्र पटेल
रौतहट, २२ कार्तिक ।
छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् । रौतहटको विभिन्न बजारमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका उपभोक्ताहरुलाई छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए । अरु बेला रु पाँच गोटाले पाउने कागती अहिले रु १० देखि १५ गोटाभन्दा कममा पाउन मुश्किल भएको उपभोक्ताहरुको भनाई छ । छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य छ । अहिले केरा घरीको रु ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको रु १५ देखि २० रुपैयाँ सम्मा बिक्री भएको व्यापारीको भनाइ छ । छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here