काठमाण्डौं, २२ कार्तिक । आफ्नो १४औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा यही कात्तिक २७ गते वडा अधिवेशन गर्दै छ । क्रियाशील सदस्यता विवादका कारण देशभर अन्य वडामा अविधेशन सकिए पनि प्रदेश नम्बर २ का आठै जिल्ला, कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन गर्न बाँकी बसेको हो ।
ती जिल्लामा यही कात्तिक २७ गते वडा अधिवेशन गर्न निर्वाचिन अधिकृत तोकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उसका अनुसार प्रदेश २ का जिल्लाहरू पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी, रौतहटमा दीपकराज गिरी, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, धनुषामा अरुण ज्ञवाली, सप्तरीमा डा। रुद्र शर्मा र सिराहामा सन्जीव लामालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।
यसैगरी कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत बनाइएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनीहरू आज कात्तिक २२ सम्म तोकिएका जिल्लामा पुगिसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here