df6fsf efF8fsf] Jofkf/ ltxf/ / 57 kj{ glhlsP;Fu} dxf]Q/Lsf ufpFgu/ a:tLsf ahf/df df6fsf efF8fsf] lsga]r x'Fb} . tl:a/ M wgjL/ dxtf], dxf]Q/L, /f;;

बृन्दावन, २३ कार्तिक। तराई मधेसमा बिशेष रुपमा मनाइने छठ पर्वको आज दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारीमा छन् । दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।
छठ पर्वको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ । पहिलो दिन ब्रतालुहरुले आफ्नो भान्सा घरलाई सफा पारी चोखो बनाउँछन् । नङ काटेर नुहाईधुवाई गरी चोखो भई लसुन र प्याज नभएको चोखो खाना खाने चलन छ । ब्रतालुहरुले सोमबार पहिलो दिन रहरको दाल, लौकाको तरकारी, चामलको भात, दही लगायतका परिकार खाएका थिए ।
बुधबार छठ घाटमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले छठ ब्रतालुहरु महिना दिन अघिदेखि नै यसको तयारीमा व्यस्त हुन्छन् र बिभिन्न कुराहरु बार्ने गर्दछन् । शुद्धतामा बिशेष ध्यान दिएर यो पर्व मनाउने गरिन्छ ।
छठ पर्वका लागि बाँसको चोयाले बनाइएका टोकरी, सुपली, नाङ्लो, माटोबाट बनाइएका भाँडाका साथै नरिवल, मिठाई, केराउ, सुथनी, अदुवा, उखु लगायतका सामाग्रीहरु आवश्यक्ता पर्छ । छठ पर्वमा भगवान सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिंघडा, लगायतका सामाग्रीहरु चढाउने गरिन्छ । यी सामाग्री माटोले बनेका नयाँ भाँडा र बाँसको टोकरीमा राखेर सूर्यलाई अर्पण गरिन्छ ।
छठ पर्वमा आवश्यक पर्ने यि समाग्री किन्नेहरुको जिल्लाको बजारमा चहलपहल छ । अहिले छठ पर्वका लागि आवश्यक समानहरु किन्नका विभिन्न बजारमा भिडभाड छ । छठमा विधिपूर्वक सूर्य र छठीमाईको पूजाआजा गरेमा परिवारको कल्याण, सन्तान प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गर्दछन् । बिहीबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व सम्पन्न हुन्छ । नेपालका बिभिन्न चाडपर्व मध्य छठ पर्व तराई मधेसका बासिन्दाका लागि मुख्य पर्व मानिन्छ । यता छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व सोमबार बाट शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here