गौर, २६ कार्तिक । रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पाएको विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट चेकजाँचमा खटिएका प्रहरीले साढे ९ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद भएको रौतहट प्रहरीको एसपी विनोद घिमिरेले जानकारी दिएको हो ।
बरामद भएको प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १२ वटा पोकामा १८६ किलोग्राम गाँजा बरामद गरिएको छ । गाँजा संग मिनी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका बर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ बर्षिय रिक्तम तामाँगलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here