सर्लाही, २६ कार्तिक । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनको लागि तोकिएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। निर्वाचन अधिकृत विनोद कार्कीले महाधिवेशनअन्तर्गत जिल्लामा निर्वाचन हुने वातावरण नरहेकोले आफूले पदबाट राजीनामा दिएको जनाएका हुन् । कार्कीलाई कांग्रेसले कार्तिक १७ गते १४औँ महाधिवेशनअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न गर्नको लागि जिम्मेवारी तोकेको थियो। सोहीअनुसार जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोज्दा सहमति नभएपछि निर्वाचनको वातावरण नरहेकोले पदबाट राजिनामा दिएको उनले बताएका छन् । उनले केन्द्रीय निर्वाचन समितिमा राजीनामापत्र बुझाइसकेका छन् । निर्वाचन अधिकृत कार्कीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाहीमा वडा अधिवेशन अनिश्चित देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here