बारा, २७ कार्तिक । बारामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई बिहीबार राती खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
आरोपित जैसवालको साथबाट एक थान पेस्तोलसहित एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाई थियो । प्रदेश–३–०२–०१० प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी गर्दा कम्मरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here