सर्लाही, २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र० को जिल्ला समन्वय समिति सर्लाहीको सह सचिवका लागि युवा नेता शंखर पहाडी९क।गौरब०ले आफ्नो उम्मेदवारी रहने घोषणा गर्नु भएको छ । नेकपा९माओवादी० शान्तीपुर्ण राजनितिमा आएपछि सानै उमेरबाट राजनितिमा होमिनु भएका क। गौरबले विद्यालयहरुमा विभिन्न ईकाई कमिटिको नेतृत्व सम्हाल्दै २०६३ सालमा तत्कालीन नेकपा९माओवादी०को लाम्पन्टार गाविस पार्टी सचिव,विभिन्न समयमा विद्यार्थीको जिल्ला कमिटि,पार्टीको पार्टी कमिटिका साथै पत्रकार संगठनको प्रदेश २ को प्रदेश कमिटिमा समेत रहेर आफ्नो पदिय मर्यादा पालना गरि सक्नु भएका क। गौरबले अब हुने नेकपा९माओवादी केन्द्र०को अधिवेशनमा सके सर्व सहमतीमा नसके निर्वाचन प्रक्रियाबाट भएपनि नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र० को जिल्ला समन्वय समिति सर्लाहीको सह सचिवमा आफु लड्ने बताउनुभयो ।
आफले पार्टीमा करिब १५ वर्ष लगानी गरि सकेको र अबको देशको राजनिति युवा विना असम्भव रहेको साथै युवालाई नेतृत्व नदिने हो भने नेपालको राजनितिमा ठुलो उथलपुथल आउने उहाँले बताउनु भयो । इच्छाकामना न्युजसंग कुरा गर्दै उहाँले आफुहरु जतिको युवा नेतृत्व गर्न सक्षम युवा रहेको बताउँदै पार्टीको नीतिमा युवालाई प्राथमिकता भन्ने र बुढो गोरुले गाई थामे झैँ थामेर बुढा नेताहरु बसि रहने हो भने आफुहरु जस्ता युवाहरु त्यस्तो पार्टीमा रहि रहनुको अर्थपनि नहुने बताउनु भयो । उहाँले पहिला पनि आफुले पार्टीका कुनै नेताको झोला नबोकेको र अब पनि पार्टीका नेताको झोला नबोक्ने तर पार्टीको नीति र शिद्धान्तलाई सधैँ आत्मासात गरि रहने पनि बताउनु भयो ।
लामो समय पार्टीमा लाग्दा पनि नेता किन बन्न सक्नु भएन् रु भन्ने इच्छाकामना न्युजको प्रश्नमा उहाँले “ आफ्ुले पार्टीको शिद्धान्त मानेको तर नेताको झोला नबोकेका कारण माथि जान नसकेको गुनासो गर्नु भयो ।” साथै माथि जानकै लागि पार्टीका कुनै पनि नेताको झोला नबोक्ने, लडेर पाए जिम्मेवारी लिने र लिएको जिम्मेवारी सफलताका साथ पुरा गर्ने पनि उहाँले बताउनुभयो ।
पार्टीका जस्तोसुकै कार्यक्रम र निर्णयलाई जनता माझ पुगाउने र पार्टी बलियो बनाउने अभियानमा आफु सदैव लागि रहेको बताउँदै युवा नेता क। गौरबले नेकपा९माओवादी केन्द्र०को नीति र नेकपा९माओवादी केन्द्र०ले गरेका गतिविधि जनता माझमा पुरयाउनु अहिलेको आवश्यकता रहेको र त्यो काम युवाबाट मात्र सम्भव रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here