अशोक पहाडी
रौतहट,२८ कार्तिक । भारती नम्बरको कार रौतहटमा दुर्घटना हुदा चारजनाको ज्यान गएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दिनानाथ साहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कारमा सवार अन्य दुई जनाको परिचय खुल्न सकेको छैन् ।
शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।
कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए । कारमा सवार चारै जना सनिबार चन्द्रनिगाहपुरमा रमालो गर्न भारताबट आएको बुझिएको छ ।