गौर, १ मंसिर । दुर्गा भगवती गाउँपालिकामा विभिन्न शिर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय व्यक्तिद्धारा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायहरुमा लिखित उजुरी गरेको छ । दुर्गा भगवती गाउँपालिका १ गंगापिपरा घर भएका स्थानीय सुनिल सिंहले अख्तियार दुरुपयोग सहित निकायहरुमा दिएको उजुरीमा विगत आ.ब. २०७४÷०७५ देखि ०७८÷०७९ सम्म गाउँपालिका अध्यक्ष अरुणकुमार साहको निर्देशनमा निमित्त प्रमुखहरु स्थानीय तह सरकार संचालन ऐनको विपरित टेण्डर सहितको विविध कार्यहरु गरेर व्यापक रुपमा सरकारी रकम अवचलन गरेको हुँदा आवश्यक छानविन गरेर दोषिलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here