
जनकपुर, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या चाडै समाधान हुने बताएका छन् । अध्यक्ष दाहालले न्यायालयको समस्या एकरदुई दिनभित्र अदालतबाट नै सल्टिने बताए । बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए । उनले भने, ‘अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस् ।’
अदालतमा देखिएको समस्या एक दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने अध्यक्ष दाहालले बताए । सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनले बताए ।