सर्लाही, २ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ। पार्टीबाट खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि हातपात भएको हो । क्रियाशील सदस्यताको विषयमा सर्लाहीको बलरामा वडा अधिवेशन रोक्न माग गरिएको थियो तर निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो । सर्लाहीमा आज वडा तहको अधिवेशन हुँदैछ। गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृतमाथि हातपात भएको हो। मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा हातपात भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here