रुपेन्द्र पटेल
बलेरी,१ मंसिर ।
रौतहटको बृन्दावन नगरपालिका र चन्द्रपुर नगरपालिकाको बीचमा रहेको चाँदी खालाको झुलुङ्गे पुल जिर्ण बनेको छ । बृन्दावन नगरपालिकाको बलेरी र चन्द्रपुर नगरपालिकाको श्रीनगरको बीच रहेको चाँदी खोलाको झुलुङ्गे पुल जिर्ण बनेको स्थानिय वासिन्दाहरुले बताएका छन् । दैनिक हजारौं मानिस आहोर दोहोर गर्ने उक्त झुलुङ्गे पुल जिर्ण बनेपछि स्थानियलाई आवतजावतमा समस्या हुने गरेको हो ।
झुलुङ्गे पुलको उकोलो रहेको बीच भागमै प्वाल भएपछि स्थानियलाई सवारी साधनबाट आवतजावतमा समस्या हुने गरेको बताएका छन् । बलेरी तर्फ रहेको उकालोको बीच भागमै प्वाल भएका कारण दुर्घटनाको खतरा समेत बढेको स्थानिय वासिन्दा संजिप पटेलले तराई एक्सप्रेसलाई बताएका छन् । पटेलले भने, पुल बनाउने बेलामा नै धेरै उकालो ओराला बनाई दिएको छ । धेरै उकालो ओराला भएका कारण झुलुङ्गे पुल बाट ओहार दोहर गर्ने हजारौं मानिस घाईते भइसकेको स्थानियको भनाइ रहेको छ ।
झुलुङ्गे पुल जिर्ण अवस्थामा पुग्दा समेत सो क्षेत्रका कुनै पनि राजनितिकर्मीहरुले चासो नदेखाएको स्थानियले गुनासो गरेका छन् । स्थानियका अनुसार बृन्दावन नगरपालिका वडा नं–१ का वडाअध्यक्षदेखि नगरप्रमुख सम्म लाई पुल मर्मत गर्न पटक पटक भन्दा गरेपनि कुनै वास्था नगरेको बताए । स्थानियले झुलुङ्गे पुलको ठाउमा अब पक्की पुल बनाउपु पर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here