रौतहट,२ म्रसिर । चन्द्रपुर नगरपालिकाको वडानं ८ मा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन क्लव सन्तपुरको आयोजनामा मंसिर ३ गते सो प्रतियोगिताको आयोजना गर्न लागिएको क्लवका उपाध्यक्ष विश्वदिप राज चौधरीले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने सो प्रतियोगितामा रौतहट ,सर्लाही र बाराका गरी २४ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार प्राप्त गर्ने छ,भने दोस्रो हुने टिमले नगद १० हजार प्राप्त गर्ने छ ।
बिजयी हुने टिमका लागि नगदका अलावा मेडल ,प्रमाणपत्र र कपको व्यावस्था गरिएको आयोजक क्लवका उपाध्यक्ष चौधरीले जानकारी दिएकाछन् । प्रतियोगिताको ३ गते बिहान ८ बजे चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । सो प्रतियोगिताले खेलाडीको स्तरबृद्धीमा सहयोग पुग्ने बिस्वास आयोजकले लिएको छ ।