संजय मिश्रा
रौतहट ३ मंसिर ।
रौतहटको कटहरिया बजारमा हावा टंकी पड्किएर १ युवाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटर ग्यारेज संचालक कटहरिया ५ का गोबरी मियांको छोरा २० का समसुल मियां रहेका छन।
पड्केको हावा टंकिको एउटा भाग उछिटेर समसुलको टाउको लागेर गहिरो घाउ खत बनेको थियो । समसुलको टाउकोको गिद्वी समेत फुटेको छ ।अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय अस्पतालमा उपचार हुन नसके पछि तत्कालै एम्बुलेन्स बाट उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले बताएका छन । हावा टंकिकै फुटेको भाग उछिटेर समसुल संगै ग्यारेजमा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here