कटहरिया,६ मंसिर ।
रौतहटको कटहरिया नगरपालिकामा नेपाली कांग्रेस सभापति पदको लागि निर्वाचन हुने भएको छ । सभापति पदको लागि ३ जनाले दावेदारी गरेपछि सहमति हुन नसक्दा निर्वाचन हुने सम्भावना बढेको हो ।
कांग्रेसको नगर सभापति पदका लागि मेयर प्रत्याशी अजय प्रकाश,वडा ७ का बर्तमान अध्यक्ष शम्भुकान्त यादव र प्रकाश श्रेष्ठले दावेदारी गरेका छन ।
कटहरिया नगरक्षेत्र अन्तर्गत ९ वटै वडाको अधिवेशन भएको झन्डै एकसाता बित्नलाग्दा सम्म नगर सभापतिमा सहमतिको लागि पटकपटक नेताहरुको प्रयास विफल भएको छ । आईतबार पनि जिल्ला तथा क्षेत्र स्तरका नेताहरू तिनैजना दावेदार लाई एक ठाउँमा राखेर सहमतिको लागि प्रयास गरिरहेका छन । सहमति नभएमा नगर सभापतिको लागि चांडै चुनाव गराईने एकजना कांग्रेका निबर्तमान जिल्ला सदस्य वाल्मीकि यादवले कटहरिया एफएम लाई जानकारी दिए ।
कटहरिया नगरक्षेत्र भित्र कांग्रेस सभापतिको लागि मतदान गर्ने १५० जना मतदाता रहेको उनले बताए । १६ नगरपालिका,२ गाउँपालिका तथा १४७ वडा रहेकोे रौतहटमा हालसम्म कति स्थानमा अधिवेशन भयो कति स्थानमा बांकी छ यकिन हुन नसकेको जिल्ला निर्वाचन अधिकृत दिपक रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here