गौर,६ मंसिर । प्रहरीकै सेटिङ तथा मिलोमतोमा रौतहटमा भारतीय सुर्ती खैनिको तस्करी बढेको छ । नेपाल सरकारबाट प्रतिबन्धित रहे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी लाई मासिक ठुलो रकम दिएर तस्करहरुले भारतीय सुर्तिको तस्करी गरिरहेको हो ।
नेपाल सरकारले भारतीय सुर्ती तथा सुर्तीजन्य पदार्थ माथी प्रतिबन्धनै लगाएको छ । अथवा कुनै भाउमा भन्सार महसुल तिरेर भारतीय सुर्ती सुर्तीजन्य पदार्थ नेपाल भित्रयाउन न पाईने ब्यवस्था रहेको जिल्ला भन्सार कार्यालय गौरले जनाएको छ ।
स्वास्थमा नकारात्मक असरपर्ने भएकाले सरकारले प्रतिबन्ध गरेको भारतिय सुर्ती खैनी,सुर्ती जन्य पदार्थ प्रहरीकै मिलोमतोको कारण जिल्लाको सबै बजारहरुमा खुलमखुल्ला बिक्रि बितरण भैरहेको छ । जिल्लाको चर्चित बजार कटहरियामा मात्रै १ दर्जन बढी भारतिय सुर्ती बिक्रि गर्ने पसल रहेकोे छ । त्यहाँ रहेको ठुला ठुला सुर्ती पसल तथा उनीहरुको घर गोदाममा तस्करीको माध्यमले ल्याएको ठुलो परिमाणमा भारतीय सुर्ति रहेको प्रत्यक्षदर्सिहरुले बताएका छन ।
कटहरिया मात्रै नभै अहिले गौर,गरुडा,शिवनगर,समनपुर, बंकुल,बिजयपुर लगायत जिल्लाको साना ठुला सबै बजारमा रहेको सुर्त पसलहरुमा ठुलो परिमाणमा अबैध भारतिय सुर्ती खैनी भण्डारन रहेको छ ।
तर स्थानीय प्रशासन,नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नियमनकारी कुनै पनि निकायले भारतिय सुर्तीको तस्करी तथा अबैध आयात नियन्त्रणमा हालसम्म चासो लिएका छैनन ।
सिमावर्ती भारतिय बजारमा मात्र दुईसय देखि दुईसय ५० रुपैयामा प्रतिकिलो पाईने भारतिय सुर्ती खैनी अहिले प्रती किलो ८ सय देखि १ हजार रुपैयाँमा बिक्रि भैरहेको स्वयं उपभोक्ताहरुले बताएका छन । यसरी भैरहेको भारतिय सुर्तीको तस्करीले एकातर्फ हजारौं नेपालीको स्वास्थ बिगार गरिरहेको छ भने अर्को तर्फ सुर्ती बिक्रि गर्ने पसलेले दोब्बर भाउमा बेचेर लाखौं रुपैया ठगी गरिरहेका छन ।
अबैध सुर्तिको ब्यापारमा दोब्बर नाफा हुनेगरेको कारण धेरै भारतिय रौतहटको विभिन्न बजारहरुमा सुर्तीको पसल खोलेर प्रत्येक्षरुपमा यहाँका सोझा जनतालाई ठगी गरिरहेका छन । २०७८ मंसिर ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here