बिजयपुर,६ मंसिर । रौतहटको फतुवा बिजयपुरमा करेन्ट लागेर एकजना महिला गम्भीर घाइते भएकी छिन । चन्द्रपुर ५ घरभई फतुवा बिजयपुर नगरपालिका वडा नं—८ बस्दै आएकी सुनिल पण्डितको २१ बर्षिय श्रीमती आशा देवि पण्डितलाई करेन्ट लागेर घाइते भएकी हुन् । घाइते पण्डितको बिजयपुर स्थित नेसनल होस्पिटलमा उपचार भैरहेको तथा अवस्था केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् । घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे बिधुतको नाङ्गो तारमा टांसिएर उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले बताएका छन । आशा देविलाई करेन्ट लागे लगत्तै उनी अचेत भएको स्थानीय समाजसेवी शिवसंकर यादवले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here