गरुडा,८ मंसिर ।
नेकपा एमालेका केनद्रीय सदस्य तथा प्रदेश २ का निबर्तमान सांसद कुन्दन कुशवाहले विद्यार्थीहरुको लागि खेलकुद सामग्री खरिदका गर्न ५० हजार नगद रुपैया सहयोग गरेका छन ।
कुशवाहाले रौतहटको देवाही गोनाही नगरपालिका ७ आधारभुत विद्यालय उचिडिह लाई उक्त सहयोग गरेका हुन । विद्यार्थीलाई पोसाक बितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा गएको अवसरमा विद्यालयका प्रधानाध्यापक मुक्ती प्रसाद कुशवाहाले खेलकुद सामग्रीको अभाव बारे बताए पछि प्रदेश सांसद कुश्वाहाले उक्त सहयोग गरेका हुन । देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवि पटेलको लगानीमा विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ५५० छात्रछात्रा पोसाक बितरण गरिएको थियो । उक्त अवसरमा प्रदेश सांसद कुशवाहाका साथै नगर उपप्रमुख परनिया देवि पटेल,मेयर प्रत्यासी प्रेमलाल साह,वडा अध्यक्ष अनिल झा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबल महतो,समाजसेवी मिथिलेस महतो,छबिलाल महतो लगायतको उपस्थिति रहेको प्रधानाध्यापक मुक्ती प्रसाद कुशवाहाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here